रुकुम पश्चिमको चौरजहारीमा बजाज बाईकको शोरुम उद्घाटन गरिएको छ । आज एक कार्यक्रमका विच चौरजहारी नगरपालिका वडा नम्बर  १ मा राजन अटो पार्सको उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा बोल्ने अधिकांसले वजाज शोरुमको उद्घाटन संगै यस क्षेत्रमा व्यवसायीक चहल पहल वढने बताए । व्यवसायीहरुको चाहना अनुसार खुला वजारमा प्रतिष्प्रधाका आधारमा उपभोक्ताहरुलाई सेवा पु–याउन समेत उनीहरूले आग्रह गरे ।

सोरुममा बजाज कम्पनीका सवै मोडलका बाईक र स्पेयर पार्टस विक्रिका साथै सर्भिसिङ्ग सेवाको पनि व्यवस्था गरिएको संचालक राजन योगीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा वुद्धिजिवि, व्यापारी, राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु लगायतको वाक्लो उपस्थिति रहेको थियो ।

बजाज कम्पनीका मोटरसाईकल नेपालमा धेरै विक्रि हुनेमा पर्दछन् । सस्तो मुल्यमा वाईक तथा स्पेयरपार्टस पाईने हुँदा यसको लोकप्रियता वढ्दो छ ।