रुकुम पश्चिमको मुसिकोट खलंगामा जारी साँस्कृतिक तथा व्यापारिक महोत्सव आज ११ औं दिन पनि जारी रहने छ । महोत्सवमा आज पछिल्लो समय चर्चामा रहेकी गायिका एलिना चौहान आउने आयोजकले जानकारी दिएको छ । एलिना पछिल्लो समय धोकेवाज गितका कारण मेला महोत्सवहरुमा चर्चित छिन् ।

 

एलिना संगै आज लोक गायक चन्द्र शर्माको पनि प्रस्तुति रहने आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिनुभयो । महोत्सवमा दर्शकहरुको राम्रो साथ मिलेको उहाँको भनाई छ । हरेक दिन खचाखच भरिएका दर्शकले आफुहरुलाई हौसला मिलेको आयोजकले जनाएको छ ।

 

फागुन २६ गतेबाट सुरु भएको महोत्सव भोलीसम्म संचालन हुने छ । महोत्सवमा आइतबार नायक आर्यन सिग्देल, गायक तिलक परियार लगायतका कलाकारहरुले प्रस्तुति राखेका थिए । भोली अन्तिम दिन गायक पुष्कल शर्मा लगायतका कलाकार आउने आयोजकले जनाएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा ४ वर्षपछि महोत्सव आयोजना भएको हो ।