वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख इन्द्रजित सुनारले सबैसँग हातेमालो गरि अघि बढ्ने बताए। बुधवार वडा प्रहरी कार्यालय नेपालगञ्जमा आयोजित पत्रकारहरुसँग परिचयात्मक कार्यक्रमको दौरान प्रहरी निरीक्षक सुनारले उक्त कुरा बताएका हुन् ।

केही दिनअघि मात्र वडा प्रहरी कार्यालय नेपालगञ्जको प्रमुखको रुपमा सरुवा भई आएका परिचयात्मक कार्यक्रममा उनले उपस्थित पत्रकारहरुसँग सल्लाह सुझाव आदान प्रदान गरेका थिए । सो अवसरमा पत्रकारहरुले नगरको शान्ति सुरक्षा, तस्करी, ट्राफिक जाम, ध्वनि प्रदूषण लगायतका विषयमा विशेष ध्यान दिएर अघि बढ्न प्रहरी निरीक्षक सुनारलाई आफ्नो सुझाव पेश गरेका थिए ।

उनी यसअघि ट्राफिक महाशाखा कालीमाटी काठमाडौंमा कार्यरत थिए । परिचयात्मक कार्यक्रमको दौरान प्रहरी निरीक्षक सुनारले आफ्नो जन्मथलो पश्चिम रुकुमको चौरजहारी भएको र उच्च शिक्षा नेपालगञ्जबाट प्राप्त गरेको जानकारी गराएका थिए । यसअघि वडा प्रहरी कार्यालय नेपालगञ्जमा रिपेन्द्र सिंह प्रमुखको रुपमा कार्यरत थिए ।