रुकुम पश्चिममा हुने साँस्कृतिक महोत्सवको तयारी तिब्र  पारिएको छ  । मुसिकोट खलंगा बराहाटाकुरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुकुम पश्चिम र कला साँस्कृतिक पर्यटन मञ्चको संयुक्त आयोजनामा फागुन २६ देखि कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव हुन लागेको हो ।

 

फागुन २६ देखि चैत ७ गतेसम्म चल्ने गरी महोत्सवको तयारी तीव्ररुपमा भइरहेको आयोजक समितिका संयोजक डिल्ली परियारले जानकारी दिए ।

 

उनकाअनुसार महोत्सवमा हरेक दिन लाइभ दोहोरी, मौलिक, कला, संस्कृतिको जगेर्ना गर्ने र रुकुम पश्चिमको पहिचान स्थापित गर्ने प्रस्तुति हुनेछन् ।

 

कोरोना महामारीका कारण केही वर्षदेखि स्थगित मेला पर्वहरुको प्यास यस महोत्सवले मेटाउने संयोजक परियारको भनाई छ ।

महोत्सवमा दर्शकहरुलाई भरपुर मनोरञ्जन दिन दर्शकको मागअनुसार साँस्कृतिक प्रस्तुति राखिने आयोजकको तयारी रहेको छ ।