रगत अभाब भएर छटपटाई रहेकी एक आमालाई अस्पतालमा कार्यरत स्वस्थ्यकर्मिहरुले रगतदान गरेर ज्यान बचाएका छन । लामो समय सम्म रक्तस्राव भएर स्वास्थ्य अवस्था कमजोर भएकी रुकुम पश्चिम जिल्ला सानिभेरी गाउँपालिका २ बस्ने १७ बर्सिय पबित्रा बि.क.को रक्तस्राव हुदा स्वास्थ्य अवस्था कमजोर भएको थियो।
स्वास्थ्य अबस्था जोखिममा भएकी बि.क लाई चौरजहारीमा रहेको एच.डि.सि.एस चौरजहारी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले रगतदान गरेका हुन ।
जिल्लामा ब्लड बैंक नभएको र अन्य ब्यक्तिहरु पनि रगतदान गर्न तयार नभएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी नरेश भाटले ओ. पोजिटिभ रगत दान गरेका हुन ।
यसअघि रगतको कमी भएका जटिल र सुत्केरी हुन अस्पताल आउने बिरामीहरुलाई अस्पतालका स्वास्थ्यकर्मी , नेपाल प्रहरी र नगर प्रहरीले रगत दान गरि बिरामीहरुको ज्यान बचाउदै आएक छन्









