रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्वर ३ मा रहेको विजयश्वरी चौरजहारी सुख्खा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको दोस्रो साधारण सभाको आज एक औपचारिक कार्यक्रमका विच उदघाटन गरिएको छ ।
विकास निर्माणमा नगरवासिको सहभागिता मुहान देखि मुख सम्म स्वच्छ खानेपानी तथा सरसफाईमा हाम्रो प्रतिवद्धता भन्ने मुल नाराका साथ चौरजहारी नगरपालिका प्रमुख पुष्प वादीले साधारण सभाको उदघाटन गर्नुभएको हो ।

एक घर एक धारा भन्ने अभियानका साथ चौरजहारी नगरपालिकाको वडा नम्वर १, २, ३ र वडा नम्वर ४ मा खानेपानी उपभोक्ता संस्थाले खानेपानी वितरण गर्दै आईरहेको छ ।
भेरी नदि वाट २ सय ६० मिटर उचाईमा रहेको वडा नम्वर ३ को मैखारामा निर्माण गरेको ३ लाख लिटर पानी अटने टयांकी वाट खानेपानी २०७७ असार १८ गते परिक्षण गरिएको थियो ।

खानेपानीको परिक्षण पश्च्यात गुणस्तर मापनमा भेरी नदी वाट लिफटिग गरिएको पानी गुणस्तर योग्य भएपछि चौरजहारी नगरका भ्याली वासीले सुद्ध खानेपानी पिउन पाएको स्थानीय ओपेन्द्र वुढाथोकीले वताउनुभयो ।
आर्थिक वर्ष २०७५।०७६ मा नेपाल सरकार खानेपानी मन्त्रालयले भ्याट वाहेक रु १३ करोड ५३ लाखको रकम वाट एच.वि. निर्माण कम्पनिले खानेपानी निर्माणको जिम्मा लिएर निर्माणको काम सुरु गरेको थियो ।

निर्माण कार्य सुरु भए संगै हाल सम्म २१ करोड ६२ लाख ३७ हजार ५ सय ५ रुपैया वरावरको लगानीमा खानेपानी निर्माण कार्य सम्पन्न भएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष तेज वहादुर वटालाले वताउनुभयो ।
नगरको वडा नम्वर ३ दमारमा खानेपानी स्टोर तथा फिल्टर टयांकी मार्फत मैखारामा निर्माण गरेको ३ लाख घनमिटरको टयांकी वाट पानी वितरण हुदै आईरहेको छ ।

१७ सय ७ घरधुरी रहेको नगरका ३ वडामो खानेपानी पम्पिंगको लागी भेरी नदीमा २ वटा मोटार जडान गरीएको छ । उक्त मोटारले प्रतिघण्टा ५० हजार लिटर पानी पम्पिंग गर्दै आईरहेको छ ।

साधारण सभा कार्यक्रममा चौरजहारी नगरपालिका उप प्रमुख ईश्वरी शर्मा विएम, चौरजहारी नगरपालिकाका प्रथम नगर प्रमुख विशाल शर्मा, जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य रामकुमार गौतम, नेकपा माओवादी कर्णाली प्रदेश सदस्य विरेन्द्र वुढा, नेपाली काग्रेसका नगर सभापति प्रेम वहादुर ओली, क्षेत्रिय सभापति भद्र वहादुर विष्ट, चौरजहारी अस्पतालका प्रशासक डिल वहादुर गिरी लगाएतको आतिथ्यता रहेको थियो ।