कर्णाली प्रदेश सरकारले पुर्णता पाएकाे छ । नेपालकाे संबिधानकाे धारा १६८ काे उपधारा ९ बमाेजिम मन्त्रालय बाँडफाट तथा हेरफेर अनुसार नेकपा माओबादी केन्द्र र नेकपा एमालेकाे सहमतीमा मन्त्रीमण्डल गठन भएसंगै सरकारले पुर्णता पाएकाे हाे ।

नेकपा माओवादी केन्द्रकाे तर्फबाट मुख्यमन्त्री राजकुमार शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुर्खेतका कृष्णबहादुर जिसी, भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सल्यानका भिम प्रकाश शर्मा, भाैतिक पुर्वाधार उर्जा तथा जलश्राेत मन्त्रालयमा मंगलबहादुर शाहीले जिम्मेवारी पाएका छन् ।

यसैविच नेकपा एमालेबाट आर्थिक मामिला तथा याेजना मन्त्रालयमा दैलेखका विनाेद कुमार शाह, सामाजिक विकास मन्त्रालयमा जुम्लाका टेकराज पछाईं र उद्याेग पर्यटन वन तथा वातावरण मन्त्रालयमा मुगुका जितबहादुर मल्लले जिम्मेवारी प्राप्त गरेका छन् ।

पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका राजकुमार शर्माले पुस २८ गते माओवादी केन्द्रका शाही र एमालेका विनोदकुमार शाहलाई विना विभागीय मन्त्रीमा नियुक्त गरेका थिए ।

नयाँ मन्त्रीहरुको शपथ बुधवार आज साँझ ६ बजे कर्णाली प्रदेश सभाहल हुने भएको छ ।