माओवादी केन्द्रबीच मन्त्रालयको भागवण्डाको विषय टुङ्गिएको छ । आज बसेको गठबन्धनको बैठकले कुन मन्त्रालय कुन दलले लिने भन्ने विषय टुङ्ग्याएको हो ।

जस अनुसार नेकपा माओवादी केन्द्रले भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र भूमि, व्यवस्था, कृषि तथा सहकारी विकास मन्त्रालय लिने सहमति भएको छ ।

यस्तै एमालेले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय लिने सहमति भएको बैठकमा सहभागी माओवादी प्रदेश इन्चार्ज कालीबहादुर मल्लले जानकारी दिए ।

उनका अनुसार अब भोलि बेलुकासम्म मन्त्रिमण्डलले पूर्णता पाउने छ । उनले भने,‘ मन्त्रालयको बाँडफाँट आज सकियो, भोलि बेलुकासम्म अन्य मन्त्री नियुक्त गरेर पद तथा गोपनीयताको शपथ लिनेगरी तयारी थालिने छ ।’

८ सदस्यीय मन्त्रिमण्डललाई घटाएर सोमबार ७ सदस्यीय मन्त्रिमण्डल बनाइएको छ । यसअघि ३/३ मन्त्रालय लिने सहमति भएपनि कुन मन्त्रालय कुन दलले लिने भन्ने बारेमा कुरा मिलेको थिएन ।