रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गठित स्वास्थ्य आमा समुहका पदाधिकारीहरुका लागि १ दिने लेखा सम्वन्धि तालिम सम्पन्न भएको छ ।
मानव विकास तथा सामुदायिक सेवा अन्तरगत खानेपानी सरसफाई तथा जिविकोपार्जन प्रवद्र्धन परियोजनाको आयोजनामा उक्त तालिम सम्पन्न भएको हो ।
नगरपालिकाको वडा नम्वर ८ र १२ मा गठित १३ वटा स्वास्थ्य आमा समुह मध्य, पदाधिकारीमा रहेका ३ । ३ जनाको दरले ३९ जना आमा समुहका सदस्यहरुको तालिममा सहभागिता रहेको थियो ।
आमा समुहका अध्यक्ष, कोषाध्यक्ष र सचिवहरुलाई आधारभुत लेखा सम्वन्धि तालिम दिईएको परियोजना अधिकृत आषिश आचार्यले जानकारी दिनुभयो ।
तालिममा सहभागी स्वास्थ्य आमा समुहका सदस्यहरुलाई मासिक वचत,ऋण लगानी, र व्याजदरका विषयमा सहजिकरण गरिएको वताईएको छ ।
तालिम पश्च्यात समुहमा आवद्ध स्वास्थ्य आमा समुहका सदस्यहरुलाई वैक मार्फत परियोजनाले अनुदान प्रदान गर्ने र त्यसवाट समुहमा आवद्ध सदस्यहरुले व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा अनुदान लगानी गर्ने लक्ष्य राखिएको परियोजनाले जनाएको छ ।
तालिमको सहजिकरण शन्देश जैसी र बिक्रम बुढाले गर्नुभएको थियो ।