गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । शुक्रबार मन्त्रिस्तरिय निर्णय गर्दै गृहले प्रमुख जिल्ला अधिकारीको हेरफेर गरेको हो ।

मन्त्रालयले अन्तर्गतका कार्यालयमा कार्यरत नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहमा कार्यरत प्रमुख जिल्ला अधिकारी, सहसचिव, सहायक प्रमुख जिल्ला अधिकारी, उपसचिव, निर्देशक, जेलर लगायतका कर्मचारीहरूको सरुवा गरेको हो ।

मन्त्रालयले पहिलोपटक सिडिओ सरुवालाई व्यवस्थित गर्न कार्यविधि जारी गरेको थियाे। उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले मंगलबार प्रमुख जिल्ला अधिकारीको पदस्थापन वा सरुवा गर्ने वा कामकाज गर्न खटाउने सम्बन्धी कार्यविधि, २०७९ जारी गरेका थिए।

यसैगरी रुकुम पश्चिममा जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी (उप-सचिव) हरि प्रसाद पन्तलाई सरुवा गरिएको छ भने रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेलाई रोल्पाको प्रमुख जिल्ला अधिकारीमा पठाइएको छ ।