मोरङको बेलबारीमा माछा मार्ने क्रममा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी नगपालिका–३ का ६३ वर्षीय पदमबहादुर गुरङ रहेका छन् ।

आज (शुक्रबार) दिउँसो बेलबारी–३ सिमावानस्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा उनको करेन्ट लागेर मृत्यु भएको हो । दिउँसो ३ः४० बजेतिर करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घटनाको विषयमा थप अनुसन्धान थालिएको छ ।