ठेक्का लागेको ५/६ वर्षसम्म पनि सडक निर्माणमा प्रगति हुन नसकेपछि नेकपा माओवादी केन्द्र चौरजहारीले आज सरोकारवालासङ्ग छ्लफल गरेको छ ।
चौरजहारी बजारक्षेत्रको सडकमा धुलो उडेर बसिनसक्नु हुँदा पनि निर्माण व्यवसायीले सडक निर्माणमा बेवास्ता गरेपछि प्रथम नगर प्रमुख विशाल शर्मा नेत्तृत्वको टिमले छ्लफल गरेको हो ।
शनिबार नेकपा माओवादी केन्द्र चौरजहारीको पार्टी कार्यालयमा नयाँ सहर आयोजना चौरजहारी, ईलाका प्रहरी कार्यालय, चौरजहारी नगरपालिका, उधोग बाणिज्य संघ, निर्माण व्यावसायि लगायत सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिसङ छ्लफल गरिएको हो ।
समयमा काम सम्पन्न नहुदा मानविय स्वास्थ्य र वातावरणमा समेत गम्भिर असर परेको टोलिले भन्दै २४ घन्टे अल्टिमेटम दिएको छ । बजारक्षेत्र धुलाम्मे भएको र काम ठप्प भएको भन्दै नेकपा माओवादी केन्द्र चौरजहारीले आज नयाँ शहर आयोजना, उधोग बाणिज्य संघ, इलाका प्रहरी कार्यालय, चौरजहारी नगरपालिका र ठेकेदार सबैलाई एकैठाउमा बोलाएर मुख्य सडक खण्ड सफा गर्न र दैनिक पानी हालेर धुलो हटाउने काम गर्न २४ घण्टे अल्टिमेटम दिएको हो ।
यस्तै कालोपत्रेको काम १ महिना भित्रै सुरु गर्न समेत निर्देशन दिएको छ ! यदि २४ घन्टासम्म सो कार्यको सुरुवात नभए संघर्शका कार्यक्रमको तयारी गरेको नेकपा माओवादी केन्द्र चौरजहारीनगर समिती सचिब एलबी कटुवाले जानकारी दिए ।









