कर्णाली प्रदेशको राजधानी सुर्खेतमा यस क्षेत्रकै पहिलो अत्याधुनिक स्टुडियो निर्माण भएको छ ।
“अग्रज लाई सम्मान
नयाँ लाई प्रोत्साहन
लुकेर रहेका प्रतिभा लाई संसारैभरि चिनाउने हाम्रो अभियान”
भन्ने मुल नारा सहित आरजे म्युजिक एण्ड मिडिया फिल्मिस प्रालिको प्रस्तुति कार्यक्रम ABC इन्द्रेणीको स्टुडियो कर्णाली प्रदेशका मुख्य मन्त्री ,मन्त्री ,प्रदेश सभा सदस्य तथा स्थानीयतहका जनप्रतिनिधिहरुको उपस्थिति तथा सहयोग समन्वयमा उद्घाटन सहित वीरेन्द्रनगर सुर्खेतको घणटघर खुलामञ्चमा तिनदिने विशेष संगितक कार्यक्रम समेत हुने भएको छ ।

गरिब असाहय तथा क्यान्सर पिडितको सहयोगार्थ संचालित सांगीतिक कार्यक्रममा लोक तथा दोहोरी गायक खेम सेन्चुरि,श्याम राना,लोकदोहोरि गायिका अस्मिता डल्लाकोटि,सपना गाहा मगर संगै कर्णाली प्रदेशका ख्यातिप्राप्त अन्य कलाकारहरु तथा आर जे का कलाकारुको पनि विशेष प्रस्तुति रहने कार्यक्रम संयोजक ,अध्यक्ष रामजि दैलेखिले जानकारी दिनुभएकोछ ।

सुर्खेतमै अत्याधुनिक स्टुडियो बनेपछि अवसर नपायर यश क्षेत्रमा खुम्चिन बाध्य कलाकारहरुले अब आफ्नो कला गला र क्षमता प्रस्फुटन गराउन पाउनेछन भने कसैलाई सहयोग गर्न चाहेमा र कोही कसैले सहयोग लिनको लागि पनि ABC इन्द्रेणीले पुलको काम गर्ने दैलेखिको भनाइ छ।

ब्यवस्थापन उपसमिति संयोजक -निर्मला गाहा मगर,आर्थिक उपसमिति संयोजक – मान बहादुर खड्लुक,सास्कृतिक उपसमिति संयोजक-प्रेम बुढा प्रचारप्रसार उपसमिति संयोजक – डिलाराम आचार्य इच्छुक रहनु भएको समिति सदस्य प्रेक्षा खड्काले जानकारी दिनुभएको छ।