रुकुम पश्चिमको चौरजहारि नगरपालिकामा आज ३१ औ अन्तरास्ट्रिय अपाङ्गता दिवश मनाइएको छ ।
चौरजहारी नगरपालिकाको आर्थिक सहयोग र एच डि सि एस सि बि आर रुकुम पश्चिमको आयोजना तथा समन्वयमा यो दिवश मनाइएको हो ।
“समावेशि विकासका लागि रुपान्तरित समाधान: पहुँचयुक्त र समतामूलक बिश्वका लागि उर्जवान सृजनशिलताको प्राबधान” भन्ने मुल नाराका साथ चौरजहारी नगरपालिका भित्रका अपाङ्गता भएका व्यक्तीहरुले यो कार्यक्रम मनाएका हुन । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुलाई खादा वडाएर समान गरिएको छ । साथै अपाङ्गता भएका ब्यक्तिहरुले आ- आफनो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै चौरजहारी नगरपालिका उप-प्रमुख ईश्वरी शर्मा बि.एम ले चौरजहरी नगरपालिकाले नगरपालिका भित्रका अपाङ्गताहरुले पाउनुपर्ने सेवा सुविधा लगायत स्वास्थ शिक्षा रोजगारिमा सामान पहुँच गराउनु पर्ने कुरामा आफनो प्रतिबद्धता जनाउनु भएको छ । उहाँले भन्नुभयो हाम्रो सामाजमा अपाङ्ग प्रति हेर्ने दृष्टीकोणनै फरक भएता पनि नगरपालिकाले अपाङ्गता भएका ब्यक्तिहरुलाई नगर भित्र हुने जुन्सुकै कार्यक्रमहरुमा समावेश गराएको र अपाङ्गताहरुको अधिकार हनन हुन नदिएको कुरा बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा बोल्दै चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादी ले अपाङ्गता भएका व्यक्तीलाई शिक्षा, स्वास्थ्य, यातायातमा लगाएतका कुरामा राज्य बाट पाउने सबै सेवा सुविधा अपाङ्गहरुले पाउनु पर्ने सहुलियत दिईरहेको र कोहि छुटेको भए पुन सिपमुलक तालिमा जोड्ने कुराको प्रतिबद्धता गर्नुभएको छ ।
प्रमुख बादिले साहस र आँट भयो भने अपाङ्ग व्यक्तीले पनि सपाङ्ग सरह काम गर्न सक्छ भन्दै सहभागी अपाङ्गहरुलाई हौसला दिनु भयो ।