चौरजहारी नगरपालिका वडा नम्बर १ मा फोहोरमैला ब्यवस्थापन समिती गठन गरिएको छ । वडा नम्बर १ का वडाध्यक्ष ईन्द्रे गिरिको अध्यक्षतामा बसेको बैंककले अध्यक्ष गिरि संयोजक रहेको न ३१ सदस्यीय फोहोरमैला ब्यवस्थापन समिती गठन गरेको हो । चौरजहारी नगरपालिका वडा नम्बर १ को बजार क्षेत्र भित्र रहेको फोहर संकलन गरि सोही वडामा रहेको राउला कम भन्ने स्थानमा आउदो शनिबार देखि फोहोरमैला व्यवस्थापन गर्ने समितिले बताएको छ ।

फोहोरको तुलनामा स्वास्थ्यजन्य फोहर लगायत बजार क्षेत्र भित्रको फोहोर सबैभन्दा बढी दुषित र संक्रामक हुने भएकाले यसको व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राख्दै बैठक आयोजना गरिएको वडाअध्यक्ष ईन्द्र गिरिले बताउनु भयो ।फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएपछि बजार क्षेत्र बाट निस्कने फोहोर अब व्यवस्थापन हुने बताएको छ । बैठकमा उधोग बाणिज्य संघ चौरजहारीका अध्यक्ष प्रेम सुनार, नेपाल रेड्क्रस सोसाइटी उपशाखा चौरजहारिका सभापती तेज बहादुर बटाला, HDCS चौरजहारी अस्पतालका प्रतिनिधि,लगायत अन्य संघ सस्थाका प्रतिनिधि हरुको सहभागीता रहेको थियो।