रुकुम पश्चिम प्रदेश सभा क्षेत्र नं.-२ बाट निर्वाचित नेकपा माओवादी केन्द्का नेता राजकुमार शर्माले रुकुमवासीले दिएको मतको कदर हुने गरी काम गर्ने बताउनु भएको छ । शुक्रबार आयोजित विजय उत्सव समारोहलाई सम्बोधन गर्दै शर्माले रुकुमको विकासमा आफू समर्पित हुने बताउनु भयो ।

उहाँले चुनाव जितेपछि पनि आफू पटक- पटक गाउँ फर्किने र जनताको गुनासो सुन्ने बताउनु भयो । नेताहरु चुवाबको बेला मात्र गाउँमा आउँछन् भन्ने जनताको गुनासो रहेको बताउदै अब त्यो गुनासो आउन नदिने बताउनु भयो ।

शर्माले रुकुमेली जनताको शीर ठाडो हुने गरी काम गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । ब्यवस्था बदलिएपनी जनताको अवस्था उस्तै रहेको बताउदै अब जनताको अबस्था बदल्ने गरि काम गर्ने बताउनु भयो ।

आफू जिल्ला समन्वय समिती रुकुम पश्चिमको प्रमुख हुदा सुरुवात गरेको आर्थिक, सामाजिक र सास्कृतिक रुपान्तरणको अभियानलाई सिङ्गो कर्णाली प्रदेशमा लागू गर्ने समेत बताउनु भयो । शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार हुनुहुन्छ ।