रुकुम पश्चिम क्षेत्र नम्बर १ प्रदेश सभा `क र ख´ बाट माओवादी केन्द्रका नेताहरु निर्वाचित भएका छन् । दुबै क्षेत्रमा एमालेलाई पराजित गर्दै माओवादीले जित हासिल गरेको हो ।
प्रदेश सभा क तर्फ माओवादी केन्द्रका नेता महेन्द्र के.सि.ले एमालेका नारायणकुमार शाहलाई १०९५२ मतान्तरले पछि पार्दै बिजय हासिल गरे । केसिले १९ हजार ३३ मत प्राप्त गर्दा एमालेका शाहले ८ हजार ८१ मतप्राप्त गरेका छ्न । राष्ट्रिय प्रजातन्त्र पार्टिका बिनोद कुमार शाहले १ हजार ११ मत प्राप्त गरे ।
यस्तै प्रदेश सभा `ख´ माओवादी केन्द्रका नेता राजकुमार शर्मा बिजयी भएका छ्न ।
उनले एमालेका नेता कर्णबहादुर घर्तिलाई १२ हजार ८२ मतान्तरले पछिपारे । शर्माले २० हजार १ सय ६० ल्याए भने एमाले नेता घर्तिले ८ हजार ७८ मतप्राप्त गरेका छ्न । राष्ट्रिय प्रजातन्त्र पार्टिका निर्जन के.सिले १ हजार १०७ मतप्राप्त गरे। निर्वाचित शर्मा कर्णाली प्रदेशको मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् ।









