रुकुम पश्चिममा सरकारका अर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ भारी मतान्तरले निर्वाचित भएका छन्।
शर्माले २६ हजार ५८८ मतान्तरसहित नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गर्दै निर्वाचित भएका हुन् ।
यहाँ ६० हजार ५६२ मत खसेको थियो।।
शर्माकाे पक्षमा ३९ हजार ५४९ मत आएकाे छ भने उनका निकटम प्रतिद्वन्द्वी देवकोटाले १२ हजार ९६१ मत पाएका छन् ।
यस्तै शर्मा विरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार तारक केसीले ३ हजार ५६७मत पाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीमन दिपक कुमार मल्लले ७९६ पाएका छन्। शर्माकाे याे चाैथाे जित हाे । यसअघि ०६४,०७०,०७४ मा पनि भारी मतान्तर सहित निर्वाचित भएका थिए।









