रुकुम पश्चिम । मंगलबार बिहान ८:४० बजे देखि सुरु भएको मतगणनामा ढिलाई भएको छ । ब्यवस्थापनमा भएको ढिलाईका कारण मतगणना ढिलाई भएको हो ।जिल्लाका १ सय ३९ मतदान केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचनको कार्यालयमा सोमबार राति ९ बजेसम्म मतपेटिका ल्याई सकिएको थियो ।
मतगणनाको लागि सोमबार नै सर्वदलीय बैठक बसेको थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार एकैपटक प्रतिनिधिसभा , प्रदेशसभा र प्रत्यक्ष , समानुपातिक तर्फको गणना भैरहेकोले मतगणनामा ढिलाई भएको जनाईएको छ ।
रुकुम पश्चिममा एक लाख चार हजार २८० मतदाता रहेकोमा ६० हजार ५ सय २७ मत खसेको थियो। अहिलेकै गतिमा मतगणना गरे रुकुम पश्चिमको परिणाम आउन अझै ३ दिन लाग्ने अनुमान गरिएको छ।









