नेकपा माओवादी केन्द्रका उम्मेदवार जनार्दन शर्माको मतगणनाको सुरुवातीदेखि नै करिब दोब्बर मतले अग्रता लिइरहेका छन् । एमालेका नन्दराम देवकोटाले शर्मालाई पछ्याइरहेका छन् ।

६ हजार ४ सय २ मत गणना गर्दा शर्माले ४०१०’ एमालेका देवकोटाले १५९४ , सुर्यमुखी ३९० र राप्रपाले १६१ मत प्राप्त गरेका छन । त्यस्तै प्रदेश सभा १ तर्फ माओवादीका महेन्द्र केसीको अग्रता रहेको छ ।

केसीले २२३५ मत ल्याएका छन भने एमालेका नारायण कुमार शाहले ७४१ मत ल्याएका छन । त्यस्तै प्रदेश सभा -२ तर्फ माओवादीका राज कुमार शर्माले १७६५ र एमालेका कर्ण बहादुर घर्तीले ९६४ मत ल्याएका छन ।