रूकुम पश्चिममा अहिले बिहान ८:४० बाट मतगणना सुरू भएको छ ।  प्रतिनिधि सभा र प्रदेश क काे गणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका जानकारी दिएको छ  एक प्रतिनिधिसभा र दुईवटा प्रदेश सभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको हो।

रुकुम पस्चिमको सदरमुकाम मुसिकोट स्थित जिल्ला स हलमा मतगणना गरिँदै छ। मतगणना वाफिकोट गाउँपालिका –४को विरेन्द्र मावि केन्द्रबाट मतगणना सुरु गरिएको हो।

जिल्लामा ५८प्रतिशत मत खसेको थियो। एक लाख ४ हजार २ सय ८० मतदातामध्ये ६० हजार ५ सय २७ले मतदान गरे‍का हुन्।

सबै मतदान स्थलका मतपेटिका सोमबार साँझ नै सदरमुकाम आइपुगेपनि एमालेले गणना बहिष्कार गरेपछी ढिलाई भएको हो । हिजो असहमति जनाएको एमाले आज गणनामा सहभागी भएको छ्।