रुकुम पश्चिमबाट प्रतिनिधिसभा सदस्य पदका लागि वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार रहनुभएका जनार्दन शर्माले रुकुम जिल्ला अव गुणात्मक विकासको चरणमा रहेको बताउनुभएको छ ।

वाम लोकतान्त्रिक गठबन्धनले मंगलबार मुसिकोटमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री एवम् माओवादी नेता समेत रहनु भएका शर्माले जिल्लाको विकास भौतिक रुपमा र साँस्कृतिक पाटोबाट हेरिएको उल्लेख गर्नुभएको ।

जिल्लामा आर्थिक उत्पादन, रोजगारी र समृद्धिको अभियानका साथै सामाजिक, साँस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गरिएकोले गुणात्मक विकास अबको प्राथमिकता रहेको उहाँले बताउनुभयो । संविधानको रक्षा, संघीयताको कार्यान्वयन र गणतन्त्रको रक्षाको लागि वाम गठबन्धन भएकोले गठबन्धनमा आवद्ध सबै दलहरुले गठबन्धनको मर्मलाई आत्मसाथ गर्न जरुरी रहेको शर्माको भनाई छ ।

सम्बोधनका क्रममा शर्माले रुकुम सामाजिक न्यायमा आधारित समाजवादको आधार भएको बताउनुभयो । आफूले बेराजगारी अन्त्य र रोजगारी सिर्जना गर्ने सपना देखेको र त्यो सपना पुरा गर्न वाम गठबन्धन दलले ऐतिहाँसिक अवसर सिर्जना गरेको उहाँको भनाई छ ।

पर्यटन मार्फत रुकुमको विकास, भौतिक संरचनाको गुणस्तरिय विकास, कृषि क्षेत्रको विकास, किसानमैत्री योजना, उद्योगलाई प्राथमिकिकरण, उत्पादनमुखि योजना आजको आवश्यकता भएको आफूले यी क्षेत्रमा विशेष कार्यक्रम ल्याउनउ समेत उहाँले जनाउनुभयो । कर्णाली प्रदेश सुनको डल्लो भएको प्रशंग निकाल्नुहुदै उहाँले भन्नुभयो, “गतिलो कालिगढको चाहिएको छ, जनताले छानेर पठाउनुस्, बजेटको समस्या छैन, खर्च गर्ने समस्या भने छ ।”

कर्णाली प्रदेशका तीन केन्द्रहरु मध्य र मुख्य केन्द्र सुर्खेत र अन्य दुई केन्द्र चौरजहहारी र जुम्ला रहेको शर्माले बताउनुभयो । अहिले राष्ट्रिय आवश्यकताको आधारमा गठबन्धन बनेको र यहि गठबन्धनले जनभावनाको कदर गरेको उहाँले दाबी गर्नुभयो ।

आफुले राष्ट्रिय एकताको पक्षमा सदैव काम गर्दै आएकोले अब पनि समाजवादको लागि राष्ट्रिय सहमति गर्न पहल गर्ने, सन्तुलित परराष्ट्र नीतिका लागि भूमिका निवौह गर्ने, समुदायमा आधारित विकास मोडालिटी तयार गर्ने, शान्ति प्रक्रियाका बाँकि कार्यभार पुरा गर्ने र गठबन्धनलाई थप १०, १५ बर्ष लैजान महत्वपूर्ण भूमिका खेल्ने शर्माले