प्रतिनिधि सभामा रुकुम पश्चिमबाट बाम-लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार जनार्दन शर्माले आफ्नो यसपटकको उम्मेद्वारी बिकास आयोजनाहरु पुरा गर्नका लागि भएको बताउनु भएको छ ।
लगातार तीन पटक जितेर चौथो पटक चुनावमा होमिएका नेता शर्माले पहिलो पटकमा संबिधान निर्माण, दोस्रो पटकमा संबिधान जारी गरेको बताउनु भयो । यस्तै तेस्रो पटकमा बिकासको जग बसालेको भन्दै अब त्यसलाई पुरा गर्न आफु उम्मेद्वार बनेको बताउनु भयो ।
बाम-लोकतान्त्रिक गठबन्धनले आज त्रिबेणी गाउँपालिकाको गैरीखेतमा आयोजना गरेको कार्यक्रमलाई संबोधन गर्दै अर्थमन्त्री समेत रहेका शर्माले यस्तो बताउनु भएको हो ।
कार्यक्रमलाई संबोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपालीले कार्यकर्ताहरुलाई गठबन्धनका बिषयमा अन्यौलमा नपर्न आग्रह गर्नुभयो । प्रत्येक्षमा हसियाहतौडा र समानुपातिकमा रुखमा मत हाल्न काँग्रेस कार्यकर्ताहरुलाई उहाँको आह्वान छ ।
राज्य मन्त्री भैसकेका काँग्रेस नेता गोपाल जि जङ्ग शाहले जिल्लाको बिकास आबश्यकताले आफुले बिगत बिर्सिएको बताउनु भयो । पार्टी निर्णय विरुद्ध जानेलाई कार्बाही गर्ने उहाँको चेतावनी छ ।
गठबन्धनका तर्फबाट प्रदेश ख का उम्मेद्वार एबम माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राजकुमार शर्माले आफ्नो उम्मेद्वारी जनताको आबश्यकता भएको बताउनु भयो ।
माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा पुर्ब प्रदेश आर्थिक मामिला मन्त्री गोपाल शर्माले बिकास निर्माणमा हुने राजनीतिक किचलो अब अन्त्य हुने बिश्वास व्यक्त गर्नुभयो । प्रतिनिधि सभाका समानुपातिक उम्मेद्वार समेत रहेका अर्का केन्द्रिय सदस्य लक्ष्मी पुनले माओवादी पार्टी उत्पीडित बर्ग, क्षेत्र र लिंगको पार्टी भएको बताउनु भयो ।
प्रदेश सभाका समानुपातिक उम्मेद्वार झक्कुप्रसाद घर्तीले गठबन्धन बिषम परिस्थितिमा बनेको भन्दै जनताको बिकासको भोक मेटाउन गठबन्धनलाई भोट गर्नुपर्ने बताउनुभयो ।
एकीकृत समाजबादीका हरिप्रसाद शर्माले एमाले र राप्रपा जस्ता संबिधान नमान्ने दलहरु एकातिर र अरु प्रगतिशील दलहरु एकातिर भएको बताउनु भयो ।
नेपाल समाजबादी पार्टीका केन्द्रिय सदस्य अम्मर ओलीले ‘बाम-लोकतान्त्रिक गठबन्धन’ संबिधान मास्नेहरुको नभई संरक्षण गर्नेहरूको भएको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका गणेश खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका थबहादुर खड्काले स्वागत मन्तब्य राख्नुभएको थियो ।
गठबन्धनले भोलि आईतवार त्रिबेणीकै सिम्रुतुमा चुनाबी सभा गर्दै छ ।









