रुकुम पश्चिम निर्वाचन क्षेत्र नं २ का प्रदेश सभा सदस्य पदका गठबन्धनका साझा उम्मेदवार राजकुमार शर्माले चुनावी प्रचार अभियानलाई तीव्रता दिनु भएको छ । नेकपा माओवादी केन्द्रको तर्फबाट समानुपातिक उम्मेद्बार मिलन खडका रोका, नेकपा माओवादीका केन्द्रिय सदस्य तथा प्रथम नगर प्रमुख बिशाल शर्मा, नेता रिषि प्रसाद जैशी लगाएतका नेताहरुको साथमा शर्मा गाउँबस्तिमा पुग्नु भएको हो ।

विभिन्न ठाउँमा चुनावी कार्यक्रम पछि पछिल्लो समय घरदैलो अभियानलाई समेत तीव्रता दिनुभएको हो । उहाँले मंगलबारमात्रै चौरजहरि नगरपालिकाको वडा नम्बर १,२ र ३ का विभिन्न एक दर्जनभन्दा बढी स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ ।  शर्मा घर आगनमै पुग्दा स्थानीयहरु खुशी देखिन्थे । चौरजहारी वडा नम्बर ३ स्थित स्थानीय प्रवेश बटालाले शर्मा घरमै आउँदा खुशी लागेको बताउनुभयो । ‘पूर्व जिल्ला समन्वय समिती प्रमुख समेत रहेका शर्माले हाम्रो घरको दैलो टेक्नु खुसीको कुरा हो ।’ घरमै पुगेर शर्माले मत माग्दा स्थानीयहरुले विजयको शुभकामना व्यक्त गरे ।

 

भेटघाटमा शर्माले जनताहरुलाई खुसि र सुखि वनाउन, देशको राष्ट्रिय स्वाधिनताको रक्षा, संविधानको रक्षाका निम्ति र सम्वृधिको लागि गठवन्धनलाई भोट दिएर निर्वाचित गराउन आग्रह गर्नुभयो । भ्रष्टाचारमुक्त समाज, दिगाे विकास, सुशासन र जनतासङ्गकाे सहकार्यमा विकासको निर्माण आफ्नो लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नू भयो,”म शासक हैन जनताकाे सुखदुखकाे साथी बन्न आएको हुँ।” स्वास्थ्य,शिक्षा,कृषि, यातायात र पुर्वाधार लगायतका क्षेत्रमा माओवादीले ठूलो सफलता हासिल गरेको बताउदै उहाँले बाकी रहेका काम पूरा गर्न फेरि बहुमतले माओवादीलाई जिताउनु पर्ने बताउनु भयो । जनताले भोग्दै आएका कठिनाईलाई सम्बोधन गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको बताउदै शर्माले आफुले मतदातालाई निराश नपार्ने गरि काम गर्ने बताउनु भयो ।

यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश सभा तर्फका समानुपातिक उम्मेद्धार मिलन खडका रोकाले माओवादी केन्द्रले उठान गरेको मुद्धाकै कारण हाल देशको राष्ट्रपति महिला भएको वताउनु भयो । महिलाहरुको हक,हित, अधिकार र समावेशि समानुतिक प्रणालीको व्यवस्थालाई थप कार्यान्वायण गर्ने कुरामा आफनो उमेद्धारी रहेको बताउनु भयो ।

                                            शर्मा नेकपा माओवादी केन्द्र, नेपाली काग्रेश, नेकपा एकीकृत समाजबादी र जसपालगाएतका दलको साझा उम्मेदवारको रुपमा रहेका छ्न ।