• समाचार
  • राजनीति
  • प्रदेश
    प्रदेश १मधेश प्रदेशबागमती प्रदेशगण्डकी प्रदेशलुम्बिनी प्रदेशकर्णाली प्रदेशसुदुरपश्चिम प्रदेश
  • अन्तर्वार्ता/व्यक्तित्व
  • अर्थ/व्यापार
  • मनोरंजन
  • सुरक्षा
  • प्रवास
  • शिक्षा
  • पर्यटन
  • स्वास्थ्य
  • खेलकुद
  • प्रविधि

ताजा अपडेट
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो
2 weeks अगाडि
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
2 weeks अगाडि
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
3 weeks अगाडि
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
4 weeks अगाडि
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
4 weeks अगाडि
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
4 weeks अगाडि
रुकुम पश्चिममा स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त
4 weeks अगाडि
सर्लाही ४ मा अमरेशकुमार सिंहसँग गगन पराजित
3 months अगाडि
रुकुम पश्चिममा नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार गोपाल शर्मा निर्वाचित
3 months अगाडि
चर्चित
TRENDING
राजनिति मौसम माओवादी_केन्द्र पहिरो राजकुमार_शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी रुकुम_समाचार शेरबहादुर देउवा

रुकुम पश्चिममा मेडिकल कलेज स्थापना देखि मुख्य सडक कालोपत्रे गर्ने गठबन्धनका उम्मेदवारको प्रतिबद्धता

मालिका न्युज
  • ख-
  • ख
  • ख+

 बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उम्मेदवारहरुले प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । गठबन्धनका तर्फबाट आगामी मंसिर ४ को निर्वाचनका लागि नेकपा माओवादी केन्द्रका प्रतिनिधि सभा सदस्यका उम्मेदवार जनार्दन शर्मा तथा प्रदेश सभा ‘क’ का उम्मेदवार महेन्द्र केसी र ‘ख’ का उम्मेदवार राजकुमार शर्माको प्रतिबद्धता पत्र सार्वजनिक भएको हो  ।

उम्मेदवारको तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार जनार्दन शर्मा ‘प्रभाकर’ले प्रतिबद्धता पत्र सावर्जनिक गर्नुभयो । २०६४ पछि जिल्लामा भएको समग्र विकास र अवको ५ वर्षमा गर्ने कामहरु सहितको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको हो । प्रतिवद्धता पत्र सार्वजनिक गर्दै शर्माले जनप्रतिनिधि वा संवैधानिक भूमिकामा रहँदा विगतमा जस्तै अव पनि रुकुमको हितमा काम गर्ने संकल्प गर्नुभयो ।

‘पहिलो कार्यकाल २०६४ मा शान्ति प्रक्रिया स्थापित गर्ने, संविधानमा जनअधिकार उल्लेख गर्न सडक र सदन संघर्षका साथ विकासका आफ्नै मौलिक तय गर्न वित्यो, दोस्रो कार्यकाल २०७० मा सडक, विद्युत लगायत पूर्वाधार विकास र संविधान निर्माणमा वित्यो, तेस्रो कार्यकाल २०७४ समग्र पूर्वाधार विकास, उत्पादन र सम्भावनाको आधार तयार गर्न वित्यो, प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले भन्नुभयो ।’

अव आसन्न निर्वाचन मार्फत प्राप्त हुने चौथो कार्यकाल गठबन्धन दलको संयुक्त पहलमा गुणात्मक पूर्वाधार, रोजगारी सृजना र गरिबी अन्त्यका लागि कृषिको आधुनिकिकरण एवं औद्योगिकरण, नयाँ प्रविधियूक्त शैक्षिक विकास सहित सामाजिक न्याय स्थापनामा आर्थिक उत्पादन एवं सामाजिक, सांस्कृतिक रुपान्तरण अभियान मार्फत सुशासन सहित जनताको जीवनमा परिवर्तनको अवधि हुने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जिल्लामा मेडिकल कलेज स्थापना गर्ने योजना अर्थमन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्यका उम्मेदवार शर्माले सुनाउनुभयो । जिल्लामा रहेका पालिका अस्पताल र अन्य अस्पतालको सञ्जालिकरण गरेर जिल्लामै ठूलठुला रोगको उपचार र जनशक्ति उत्पादनका लागि मेडिकल कलेज स्थापना गरिने उहाँले बताउनुभयो । अपुरा पालिका अस्पताललाई पूर्णता दिने र चौरजहारी अस्पताल तथा जिल्ला अस्पताललाई स्तरोन्नति गरि १ सय बेडको बनाउने उहाँले बताउनुभयो ।

१३३ केभि क्षमताको विद्युत सव स्टेशन निर्माण गरेको र अव ४ सय ३३ केभि क्षमताको बनाउने, सिसा खानी उत्खनन् गर्ने, जिल्ला जोड्ने र जिल्ला भित्रका प्रमुख सडकहरु कालोपत्रे गर्ने, आगामी वर्षभित्र ९ वटा मोटरेवल पुल निर्माण गर्ने, एक घर एक धारा जिल्लाका सबै घरमा लागु गर्ने, ३ मेगावाटको स्यार्पू जलविद्युतको काम सरकारी तहबाट भइरहेको र थप १५ मेगावाटको सम्भाव्यता अध्यन गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । #कखराबाट_साभार

प्रकाशित मिति : २०७९ कार्तिक १२ गते शनिवार
प्रतिक्रिया
सम्बन्धित समाचार
कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा रुकुम पश्चिम तेस्रो
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
कभर न्युज
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
फेसबुकमा हामी
मालिका डेस्क
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बजेट विनियोजन
चौरजहारीका एक पुरुष बेपत्ता, खोजि गरिदिन परिवारको अपिल
बहिस्कार र नाराबाजीबिच नीति तथा कार्यक्रम पारित
तीन दलले गरे बैठक बहिस्कार, हल छाडेर हिँडे
पूर्वगृहमन्त्री सुधन गुरुङ माथि छानबिन गर्न समिति गठन
मनोरंजन
नीताकुमारी थापा बनिन ‘भ्वाइस अफ नेपाल’ को इतिहासमा उपाधि जित्ने पहिलो महिला
प्रकाससंगै झुमे अस्टिनमा दर्शक
गायक प्रकाश सपुतले अस्टिनमा साँगीतिक प्रस्तुति दिने
  • सामुदायिक बिकास अभियान नेपाल
  • चौरजहारी नगरपालिका-२, रुकुम (पश्चिम)
  • ९८५८०७५५७५
  • radiochaurjahari@gmail.com
  • सूचना विभाग दर्ता नं. : ००/०७७/०७८
  • विज्ञापनका लागि सम्पर्क
  • ९८१२८२६१२६

  • समाचारको लागि
  • gautamrukum@gmail.com
  • ९८५८०७५५७५
  • सोसल मिडिया
  • facebook
  • Twitter
  • Youtube
मालिका न्युज टीम

सञ्चालक / प्रधानसम्पादक : ज्ञानु गौतम

सम्पादक : सुशिला कुसारी

सम्वाददाता : राजेन्द्र वि.क

सम्वाददाता : जिवन के.सी.

सम्वाददाता : सन्देश जैसि

हाम्रो टिम

हाम्रो बारेमा

©2021 malikanews | Developed By EgSoftTech