रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ नुवाँकोटडाडाँमा सञ्चालन गरिएको पहिलो द राइजिङ कप सम्पन भएको छ । कप कार्तिक ३ गतेदेखि सुरु भएको थियो । कप अन्तर्गत पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको थियो ।

कप अन्तर्गत संचालित परुष भलिबलको उपाधी २१ समुहलाई पछि पार्दै त्रिवेणी गाउँपालिका वडा नम्बर ४ ले जितेको छ । उपाधि संगै विजेता त्रिवेणी ४ ले १ लाख १ हजार नगद जितेको छ । उप विजेता बन्दै त्रिवेणी गाउँपालिका वडा नम्बर ८ ले ५१ हजार सहित कप, मेडल र प्रमाणपत्र हात पारेको छ । तेस्रो त्रिवेणी गाउँपलिका वडा नम्बर ५ ले ३१ हजार सहित कप मेडल र प्रामाण पत्र प्राप्त गरेको छ ।

त्यस्तै उत्कृष्ट हने त्रिवेणी ८ का  खेलाडी रुपेन्द्र खड्कालाई पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको आयोजक क्लवका अध्यक्ष दिपककुमार रावलले जानकारी दिनुभयो ।