यस्तै ग्रहण लागेको ३२ मिनेटपछि साँझ ५:२४ मा सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। अर्थात् नेपालबाट ३२ मिनेटसम्म ग्रहण देखिने छ। नेपालबाट नदेखिने भएता पनि ग्रहण आज ६:४५ सम्मै रहनेछ।
ग्रहणको बेला घरमा तिथि, श्राद्ध परेमा गर्न हुने मान्यता छ। यस्तै ग्रहणको बेला सकेसम्म तीर्थस्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी वा यो पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने मान्यता छ।
यो बेला दीक्षा मन्त्र लिन पनि उत्तम हुने बताइन्छ









