रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ११ चौफामा विविध खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । हरेक वर्ष लाग्दै आएको काग तिहार मेलाको अवसरमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगिता कार्तिक ३ देखि ६ गतेसम्म संचालन हुने आयोजक चौफा बजार व्यवस्थापन समितिले जनाएको छ ।

मेलाको अवसरमा खुला वडा स्तरीय भलिबल, खुला ब्याडमिन्टन, खुला बुद्धिचाल, खुला रसाकसी, लोकदोहोरी र लोक झाँकी प्रतियोगिता आयोजना गरिएको छ । आयोजकका अनुसार पुरुष भलिबल र ब्याडमिन्टनको विजेताले समान ५० हजार पुरस्कार पाउने छ ।

भलिबलको उप विजेताले ३० हजार र तृतियले २० हजार पुरस्कार पाउँदा ब्याडमिन्टनको उप विजेता जोडीले २५ हजार पुरस्कार पाउने आयोजकको भनाई छ । बुद्धिचाल तर्फ प्रथमले ३ हजार, द्धितियले २ हजार र तृतियले १ हजार, रसाकसीमा विजेताले ५ हजार र लोक दोहोरीको प्रथमले ५ हजार, द्धितियले ३ हजार र तृतियले २ हजार पुरस्कार प्राप्त गर्ने बताइएको छ ।