रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा जारीआँखा परीक्षण घुम्ती शिबिर मार्फत २ सय ४१ जनाले आँखा परीक्षण गराएका छन् । २ सय ४१ जनाले आँखा परीक्षण गराएकामा ७९ जनाको अप्रेसन गरिएको छ ।
आज शुक्रबार वडा नम्बर २ को सेवा केन्द्रमा बाट सुरु भएको आँखा परीक्षण शिविर भोलि सम्म सञ्चालन हुने छ । शिबिरमा आज पहिलो दिन ८७ जनालाई ल्याब सेवा तथा ६७ जनालाई चस्मा बितरण गरिएको आँखा उपचार केन्द्र सल्लेका प्रमुख धनबहादुर केसीले जानकारी दिनुभयो ।

शिविरमा आँखा उपचार केन्द्रका प्रमुख केसी लगायतको टोलीले सेवा दिईरहेको छ । नगरपालिकाको आयोजना, ग्लोबल मेडिकल फाउन्डेसन अस्टेलियाको आर्थिक सहयोग र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल तथा आँखा उपचार केन्द्र सल्लेको प्राविधिक सहयोगमा शिबिर भैरहेको छ । शिबिरमा डाक्टर सुलक्ष्मि कटुवालको नेत्तृत्वमा १६ जनाको टोलि खटिएको छ ।









