नेपाली कांग्रेस रुकुम पश्चिमका सभापति समेत रहनुभएका प्रेमप्रकाश ओलीको उम्मेदवारी खारेज भएको छ । जिल्लाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख मा उम्मेदवारी दिनुभएका ओलीको उम्मेदवारीमा दाबि विरोध परेको थियो । जसक्रममा उहाँलाई बैंकिङ कसुरमा दोषि पाइएपछि उहाँको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैंकिङ कसुरमा दोषि ठहरिएकाले उहाँको उम्मेदवारी दर्ता नभएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो । प्रदेश सभा ख तर्फ गठबन्धनका उम्मेदवार राजकुमार शर्माका तर्फबाट ओलीको उम्मेदवारीमा दाबि विरोध हाल्नुभएको थियो ।