जनसांस्कृतिक महासङ्घ चौरजहारीले आयोजना गरेको विद्यागत प्रशिक्षणात्मक तालिम शनिबार सम्पन्न भएको छ । असोज ७ गते उद्घाटन गरिएको प्रशिक्षण ७ दिनसम्म सञ्चालन भएको थियो ।

समापन कार्यक्रममा बोल्दै नेकपाका माओवादी केन्द्रका केन्द्रिय सदस्य विशाल शर्माले कलाकारले क्रान्तिकारी विचारबाट निर्देशित भएर जनताले भोगिरहेका दुःख, पीडा, आक्रोश र विद्रोहलाई सरल र कलात्मक शैलीमा प्रस्तुत गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका शर्माले माओवादीले सुरुवात गरेको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण अभियानलाई सफल बनाउन कलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनु भयो । उहाँले प्रशिक्षण सम्पन्न गर्ने सम्बद्ध सबैलाई पार्टीको तर्फबाट धन्यवाद व्यक्तसमेत गर्नुभयो ।

जन सांस्कृतिक महासङ चौरजहारीका अध्यक्ष बिजय तिरुवाको अध्यक्षता भएको कार्यक्रमा नगर प्रमुख पुस्प बादी, माओवादी केन्द्रका नेता ऋिषि प्रसाद शर्मा, जन सांस्कृतिक महासङ्घ कर्णाली प्रदेशका अध्यक्ष एलबी कटुवाल, वडा अध्यक्षहरु लगायत को सहभागीता रहेको थियो ।


७ दिने प्रशिक्षणमा सैद्धान्तिक प्रशिक्षणका साथै विभिन्न विधाहरूको तालिम गराइएको थियो । तामिलको सहजीकरण जन सांस्कृतिक महासङ्का केन्द्रिय उपाध्यक्ष भिम कुमाखी र जन सांस्कृतिक महासङ् कर्णाली प्रदेश सदस्य जमुना बिकले गर्नुभएको थियो ।