चैरजहारी नगरपालिका -२ को बजार क्षेत्रमा आज सरसफाइ गरिएको छ । त्रिबेणि चोक हुँदै बसपार्कसम्म संयुक्त रुपमा सरसफाइ गरिएको हो ।
‘आफ्नो ठाउँ आफै सफा गरौं’ भन्ने उद्देश्यले चौरजहारी नगरपालिका वडा नम्बर २ को अग्रसरमा सरसफाइ गरिएको थियो ।
सरसफाइ कार्यक्रममा वडा अध्यक्ष बिरबहादुर राना, जन प्रतिनिधि , स्थानीय बासी, व्यापारी लगायतको सहभागिता रहेको थियो ।
व्यापारी तथा स्थानीयहरुलाइ आफ्नो ठाउँ आफै सफा गरौ भन्ने सचेतना जगाउनको लागि सरसफाइको शुरूवात गरिएको वडा अध्यक्ष रानाले जानकारी दिनुभयो । उहाँले सरसफाइका लागि हप्ता तथा महिनामा कम्तिमा पनि १ घण्टाको समय दिन व्यापारीहरुलाई आग्रह समेत गर्नुभयो ।
बजार क्षेत्र सफा राख्न, आफ्नो पसलबाट निस्कने फोहोरको आफैँ व्यवस्थापन गर्न जिम्मेवार भएर लाग्नुपर्ने अध्यक्ष रानाको भनाई छ ।









