रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले चाडपर्व नजिकै गर्दा बजारमा हुन सक्ने कालो बजारी रोक्न चौरजहारीमा बजार अनुगमन गरेको छ । बजार अनुगमन गर्ने नियमित कार्यक्रम अनुसार चौरजहारी नगरपालिकाले वडा नं १,२ र ११ मा सञ्चालित विभिन्न पसलमा अनुगमन गरिएको हो ।
आर्थिक विकास शाखा प्रमुख गणेश वुढामगरको नेतृत्वमा खाद्यान्न, किराना र ग्याँस पसल १४ वटा, होटल ३१ वटा, मासु पसल २ वटा, डेरी १ वटा, कपडा पसल १३ वटा, सुनचादि पसल ९ वटा र अन्य ९७ वटा गरी जम्मा १६७ वटा पसलमा अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा मूल्यसुचि नराखेको, दर्ता तथा दर्ता नविकरण नगरेको, आधिकारीक विल नराखेको, होटलहरुमा सरसफाइमा ध्यान नदिएको, म्याद गुज्रेका सामग्री राखेको लगायतका समस्या भेटिएको अनुगमन टोलिका संयोजक गणेश वुढामगरले जानकारी दिनुभयो । कमजोरी भेटिएका पसलहरुलाई सुधारका लागि निर्देशन समेत दिइएको छ ।
अनुगमनमा टोलीले व्यवसाय दर्ता र नवीकरण नगरेका पसलबाट दर्ता/नवीकरण वापत रु १७५०४० अक्षेरुपि एकलाख पचहत्तर हजार ४० रुपैया राजश्व समेत असुल गरेको छ ।गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको संवैधानिक अधिकारका लागि नगरपालिकाले बजार अनुगमनलाई नियमित गर्दै आएको छ ।









