सल्यानको कपुरकोटमा विहान भएको जिप दुर्घटनामा परि ८ जनाको ज्यान गएको छ । दुर्घटनामा १ जना गाइते भएकाक छन् । उनलाई थप उपचारको लागी तुलसिपुर लगिएको छ ।

बाँकेको ढकेरी बाट सल्यानको कपुरकोट सिनवांगको लागी छुटेको रा १ ज ५६३ नम्वरको डवल क्याप जिप विहान दुर्घटनामा परेको हो । दुर्घटनामा परेका व्यक्तिहरुको थप विवरण आउन नसकेको भएपनि अधिकांश कपुरकोट ६ सिनवांगका रहेको बुझिएकोे छ ।

वाँकेको ढकेरीबाट विहृे भोज खाएर फर्कदैगरेको गाडि दुर्घटनामा परेको बुझिएको छ । अहिले घटनास्थलमा प्रहरि, गाउँपालिका अध्यक्ष दुर्गा पुन, स्वास्थ्यकर्मि लगायतको टोलि खटिएको प्रहरीले जनाएकोे छ । जिपमा ९ जना सवार रहेको प्रहरीले जनाएको छ ।