नेपाल राष्ट्रिय कर्मचारी संगठन चौरजहारी नगर समितिको आयोजनामा सोमबार सुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । बिजया दशमी, शुभ दिपावली तथा छठ पर्वको अवसरमा चौरजहारी नगरपालिकाको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । संगठनका नगर अध्यक्ष डण्ड प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय सदस्य राजकुमार शर्माको प्रमुख आथित्यता रहेको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य दिनुहुदै प्रमुख अतिथि शर्माले कर्मचारी भनेका देशका खम्बा र स्थायी सरकार समेत भएकोले कर्मचारीले आफ्नो हकहितको लागि संगठित भई प्राप्त अधिकारको सहि प्रयोग गर्नुपर्ने बताउनुभयो । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन भएकाले माओवादीले उठाएका मुद्दाहरु कार्यान्वयन गर्न एक भएर लाग्न समेत कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का बैकल्पिक केन्द्रिय सदस्य तथा नगर प्रमुख पुष्प बादी, नगर उप प्रमुख इश्वरी शर्मा विएम, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता ऋिषिप्रसाद शर्मा, नेपाल राष्ट्रिय कर्मचारी संगठनका जिल्ला अध्यक्ष तेजबहादुर खत्री, वडा अध्यक्षहरु लगाएका व्यक्तिहरुको आथित्यता रहेको थियो । कार्यक्रमको सञ्चालन संगठनका सह सचिव बलबहादुर के.सीले गर्नुभएको थियो ।










