कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामीले संबिधान कार्यान्वयनका लागि राज्यस्रोतको बिकेन्द्रीकरण गर्नुपर्ने बताउनु भएको छ ।
संघियताको मुल बिषय भनेकै बिकेन्द्रीकरण भएको भन्दै उहाँले राज्य स्रोतलाई स्थानीय तह सम्म पुर्याउने र नागरिकहरु आत्मनिर्भर बन्न सके मात्र संघियता कार्यान्वयन भएको महसुस हुने बताउनु भयो ।
रुकुम पश्चिमको आठबिसकोटमा आयोजित नापी र मालपोत कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले माटोको मुल्य बढाउन उत्पादन बढाउनुपर्ने तर्क गर्नुभयो । आत्मनिर्भर अर्थतन्त्रका लागि हरेक नागरिक उत्पादनमा जोडिनुपर्ने भन्दै उहाँले उत्पादनमा लाग्न आह्वान गर्नुभएको छ ।
कार्यक्रमलाई संबोधन गर्दै आठबिसकोट नगरपालिकाका प्रमुख रबी केसीले जनतालाई सजिलो होस् भनेर नापी र मालपोत कार्यालय सदरमुकाम बाहिर पहिलो पटक आठबिसकोटमा ल्याईएको बताउनु भयो । आफु बिकासका लागि कटिबद्ध रहेको भन्दै जनताको तर्फबाट सहयोगको लागि आग्रह गर्नुभयो ।
नेकपा एमालेका नेता दिनेश चन्दले बिकास स्वभाबिक प्रक्रिया भएकोले यसको श्रेय लिने अधिकार कसैलाई नभएको बताउनु भयो ।
नेपाली काँग्रेसका जिल्ला सचीव तारक बहादुर शाहीले सेवा प्रबाहमा पक्षपात नगर्न नगरपालिकालाई आग्रह गर्नुभयो ।
नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य गंगाराम चनराले माओवादी एजेन्डाका कारण संघियता आएको र संघियताका कारण नागरिकले स्थानीय तहबाटै सुबिधा पाएको दाबी गर्नुभयो ।
नेकपा समाजवादीका प्रदेश कमिटी सदस्य बीरबहादुर शाहीले संघियताको फलको रूपमा आठबिसकोटमा नापी र मालपोत कार्यालय आएको तर्क गर्नुभयो ।
आजै नापीमा तुलसीराम भुसाल र मालपोत कार्यालयमा निलध्वज पाण्डेले कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्नु भएको छ ।
२०७८ चैत्र १७ गतेको मन्त्रीस्तरीय बैठकले बाँकेको कोहलपुर, डडेल्धुराको जोखबुढा, महत्तरीको गौशाला र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा शाखा स्थापना गर्ने निर्णय गरेको थियो ।।









