नेकपा माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघ चौरजहारी नगरपालिकाको प्रथम नगर सम्मेलन चौरजहारीमा सम्पन्न भएको छ ।

शनिवार सम्पन्न सम्मेलनले विजय तिरुवा अध्यक्षतामा ४१ सदस्यीय नयाँ नगर समिति गठन भएको छ । जस्को उपाध्यक्षमा प्रेम बि.क.र रिम स्वर्णकार, सचिवमा चट्टान बि.क. सह-सचिवमा जीवन के.सि र जमुना समाल र कोषाध्यक्षमा रिता देबकोटा चयन भएका छन् ।

 

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा २ नं निर्वाचन समिति संयोजक  विशाल शर्माको प्रमुख आतिथ्यतामा सप्पन्न भएको कार्यक्रममा नगर प्रमुख पुष्प बादि, नेता ऋिषि प्रसाद जैसि,  माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष श्रीकृष्ण शर्मा, उपाध्यक्ष सुदास स्वर्णकार,खुमबहादुर खडका, सचिव विरबहादुर राणा लगाएतको सहभागिता हरेको थियो ।

एल. वी. कटुवालको अध्यक्षतामा सम्पन्न  सम्मेलनको संचालन पत्रकार ज्ञानु गौतमले गर्नुभएको थियो । सम्मेलनबाट  भदौ २९ गते हुने सदरमुकाम मुसिकोटमा हुने जिल्ला सम्मेलनका लागि ७ जना प्रतिनिधि छनौट भएकाछन । छनौट हुनेमा समोज देवकोटा, विरेन्द्र सोनी, गिता ओली, अनुसा पुन मगर, दिपा देवकोटा, राजेन्द्र बिक र बिजय तिरुवा रहेका छन् ।