नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मालाई रुकुम पश्चिमबाट सर्वसम्मत रुपमा प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस गरेको हो । नेकपा माओवादी केन्द्रको जिल्ला समितिको मुसिकोटमा बसेको बैठकले प्रतिनिधिसभा सदस्य उम्मेदवारमा शर्मालाई सर्वसम्मत सिफारिस गरेको जिल्ला संयोजक सचिन रोकाले जानकारी दिनुभयो ।
बैठकले प्रदेशसभाका दुई निर्वाचन क्षेत्रमा पनि सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । जस अनुसार प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर क मा महेन्द्र केसी र ख मा राजकुमार शर्मा लाई उम्मेदवार सिफारीस गरेको हो । जारी बैठकमा समानुपातिक तर्फका उम्मेदवारका विषयमा छलफल भईरहेकोले समानुपातिक तर्फका उम्मेदवारको पनि टुङ्गो आजै लाग्ने छ ।









