प्रगतिशिल स्वास्थ्यकर्मी संगठनको केन्द्रीय सचिवमा रुकुम पश्चिमका इश्वर रावल निर्वाचित हुनुभएको छ । आज भएको संगठनको एकताको प्रथम राष्ट्रिय सम्मेलनबाट रावल केन्द्रीय सचिवमा निर्वाचित हुनुभएको हो ।  रावल हाल स्वास्थ्य बीमा वोर्ड रुकुम पूर्वको प्रमुख हुनुहुन्छ । त्यस्तै रुकुम पश्चिमबाट केन्द्रीय समितिमा अन्य दुई जना पर्नुभएको छ । विवेक बिसी र हिमालय राना केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो । आज राजधानी काठमाडौंमा भएको सम्मेलनले लिलाराम थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।