रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा  ट्यांकर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आईतबार दिउँसो चौरजहारी नगरपालिका ७ मेलैनाउलीबाट सडक निर्माणमा प्रयोग गर्ने पानी बोकेर चौरजहारी ३ तर्फ आउँदै गरेको भे २ च ६९४ नम्बरको ट्यांकर  विजयश्वरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । दुर्घटनामा परि  चौरजहारी नगरपालिका ७ निवासी २३ बर्षिय मोहन जैसीको ज्यान गएको हो ।

जैसीको चौरजहारी अस्पतालमा उपचार पछि थप उपचारको लागि नेपालगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो । पानी बोकेर ओरालो सडकबाट जाने क्रममा ट्यांकर अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ ।