रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले पनि आगामि आर्थिक वर्ष २०७९/०८० का लागि बजेट ल्याएको छ । नगर उप प्रमुख इश्वरी कुमारी शर्मा विएमले आगामि वर्षको अनुमानित बजेट पेश गर्नुभयो । नगरपालिकाले आर्थिक बर्ष २०७९/०८० को लागि अनुमानित ६६ करोड ९३ लाख १८ हजार ५ सय ७९ रुपैयाँ विनियोजन गरेको छ ।
कुल विनियोजित बजेट मध्ये चालुतर्फ रु. ४० करोड ९५ हजार ५ सय ७९ रहेको छ। यो कुल बजेटको ५९.७९ प्रतिशत हो । २६ करोड ९२ हजार २३ हजार अर्थात ४०.२२ प्रतिशत रूपैँया विनियोजन गरेको छ । विभिन्न स्रोतबाट व्यहोर्ने गरी नगरपालिकाले बजेट निर्माण गरेको हो ।
के मा कति बजेट ?









