रुकुम पश्चिम जिल्ला चौरजहारी नगरपालिका वडा न ८ को कालिका आधारभुत बिध्यालय लयाटामा एक दिने स्वास्थ्य शिबिर सम्पन्न भयको छ । चौरजहारी नगरपालिका र मानव बिकास तथा सामुदायिक सेवा चौरजहारी अस्पताल, मातृ तथा बालस्वास्थ्य प्रबर्द्धन परियोजनाको सयुक्त आयोजना तथा आर्थिक सहयोगमा शिबिर सम्पन्न भएको हो । शिबिरमा चौरजहारी अस्पतालका डाक्टर सुमन राईको नेर्तित्वमा १४ जना स्वास्थकर्मिको टोलि खटिएको परियोजना अधिकृत गोपाल तिमल्सिना बताउनुभएको छ । उक्त शिबिरमा अस्थायी साधन समन्धी परामर्श, गर्भ जाँच लगायत अन्य बिरामीको चेक जाँच, लगायत नाक, कान,घाँटी गेस्टाईटिस,तल्लो पेट दुखने, ज्वरो,रुघाखोकी , जस्ता बिभिन्ना समस्या भयका जम्मा १४५जना बिरामी हरुले उक्त सेवा लियको र जटिल समस्या भएका बिरामी हरुलाई अस्पताल सम्म प्रेसन गरेको चौरजहारी अस्पतालका डाक्टर सुमन राई ले जानकारी दिनुभयो । साथै सिबिरमा विभिन्न प्राकृतिका समस्या भएका ४ जना अपाङ्गता भएका ब्यक्तिहरुले उक्त शिबिर बाट सेवा लिएको आयोजकले बताएको छ ।