रुकुम पश्चिमको चौरजहारी नगरपालिका रहेको विमानस्थल सञ्चालन गर्ने सन्दर्भमा छलफल हुने भएको छ । चौरजहारी नगरपालिकाले सरोकारवालासंग लामो समयदेखि सञ्चालनमा नरहेको विमान स्थल सञ्चालनका लागि छलफल गर्न लागेको हो ।
चौरजहारी विमान स्थलको पुनः सञ्चालन तथा बैकल्पिक प्रयोगको सम्भावनाका विषयमा छलफल गर्न बैठक डाकिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिनुभयो ।
चौरजहारी नगरपालिका नवनिर्वाचित प्रमुख, उपप्रमुख, निवर्तमान प्रमुख, उपप्रमुख, वडाध्यक्ष, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सरोकारवालाका बीचमा छलफल आयोजना गरिएको अधिकृत ढकालले बताउनुभयो । भोली विहीबार विहान ११ बजे नगरपालिकाको सभा हलमा कार्यक्रम राखिएको छ । विमान स्थल भएर पनि सञ्चालनमा नआउँदा सर्वसाधारण यात्रु, विरामीले दुःख पाइरहेका छन् ।
लामो समयदेखि विमान स्थल सञ्चालनका लागि ध्यान दिनुपर्ने माग उठिरहेको छ ।