चौरजहारी नगरपालिकामा नवनिर्वाचित एक वडा अध्यक्षले राज्यबाट आफूले पाउने पारिश्रमिकलगायत कुनै पनि सेवा, सुविधा नलिने घोषणा गर्नुभएको छ । नवनिर्वाचित वडा नं. १३ का अध्यक्ष श्रीकृष्ण शर्माले यस्तो बताउनु भएको हो । पदभारग्रण गर्दै पछि पहिलो निर्णय गर्दै उहाले जनप्रतिनिधि जनताको सेवक भएको प्रमाणित गर्न आफूले अनावश्यक सेवासुविधा नलिने बताउनु भयो ।
जनताको पक्षमा निस्वार्थ काम गर्नाका लागि आफूले कुनै सुविधा नलिने बताउँदै उहाँले स्थानीय सरकारले हरदम जनताको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भयो । समृद्धि र विकास गर्न आफनो एकमात्र ध्येय रहेको भन्दै आफुलाई अत्याधिक मतदिएर जिताउने मतदातालाई धन्यबाद दिदै मतदाताको सपना पुरा गर्ने प्रतिबद्दता जनाउनु भयो ।
यस्तै उहाँले असहाय, अशक्त, घाईते, गरिव र शहिद परिवारका ५० जनालाई निशुल्क सिफारिसमा उलब्ध गराउने निर्णय समेत गर्नुभयो । उहाँ माओबादि केन्द्र चौरजहारीको अध्यक्ष समेत हुनुहुन्छ उहाँ माओबादि केन्द्रको तर्फबाट निर्वाचित हुनुभएको हो ।









