रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १० मा वडा सदस्यका उम्मेदवार सहित ५ जनामाथि कुटपिट भएको छ । नेपाली कांग्रेसका कार्यकर्ताले माओवादी केन्द्रको तर्फबाट वडा सदस्यका उम्मेदवार तुल्सीराम बुढा सहित  जुद्धबहादु घर्ती, कमल केसी, हरिबहादुर रोकाय र सौगात रोकायलाई कुटपिट गरेका हुन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनिहरुलाई उद्दार गरेको थियो ।

११ नम्बर वडाबाट कार्यकर्ता समेत बोलाएर कांग्रेसका वडाध्यक्षका उम्मेदवार गणेशमान डाँगी नेतृत्वको टोलीले आफूहरुमाथी कुटपिट गरेको घाइते वडा सदस्य बुढाले जानकारी दिनुभयो । कांग्रेस कार्यकर्ताले माओवादी केन्द्रको तर्फका वडाध्यक्षका उम्मेदवार विरेन्द्र रोकाय र सौगात रोकायलाई ४/५ घण्टा बन्धक बनाएर राखेका थिय पछि प्रहरीले उद्दार गरेको थियो।      पैशा बाढिरहेको र खुकुरी समेत बरामत भएको भनी  काग्रेशले झुठो आरोप लगाएको माओवादीले जनाएको छ । उनिहरु आफ्नैले हतियार लिएर गयको र आफ्ना उम्मेदवार र कार्यकर्तालाई फसाउन खोजिएको माओवादीको भनाई छ ।