चाैरजहारीकाे वडा नम्बर ३  पार्टी कार्यालयबाट सुरु भएको माेटरसाइकल र्याली काेटजहारी, जुम्लीपाेखरी ,जाेगीनेटा, तिमीले, लिउरेबारी, नुवाकोटडाँडा लामाडाँडा- रातामाटा- मुलजिउला खाेलागाउँ- नार्जि हुँदै १४ वटा वडा नै  परिक्रमा गर्दै  पार्टी कार्यालयमा समापन्न गरिएको ।

वासिएल चौरजहारी संयोजक एलबी कटुवालका अनुसार अब कुनै पनि निर्वाचनकाे प्रचारप्रसार गर्न नपाउने भएपछि १४ वटै वडाहरुमा परिक्रमा गरिएकाे जानकारी दिनुभयो ।

मोटरसाइकल र्यालीमा  झन्दै ३ बढी मोटरसाइकल तिन वटा जीप र्‍यालीमा सहभागी भएका थिए ।निर्वाचन आयोगले आज रातीको १२ बजे देखि कुनै पनि चुनावी प्रचार गर्न नपाईने बताएको छ।

 

र्‍याली प्रदेश सदस्य छितिज कार्की, बालकृष्ण बुढाथोकी, नेपाल नेपाल कम्युनिस्टका नगर कमिटी उपाध्यक्ष सुदास स्वर्णकार,  अध्यक्ष  एलबी  कटुवाल, उपाध्यक्ष रेसम केसिलगाएत सहभागीता मोटरसाइकल र्याली सम्पन्न गरिएको हो ।

चुनाव प्रचारको भुमिकामा असल भुमिकाको नेतृत्व  गर्नुहुने सबै वडाका युवा वाइसीएल हरुलाई नगर प्रमुख बिशाल शर्माले राम्रो भुमिका खेलेको भन्दै हार्दिक बधाई समेत दिनुभयो । युवाको भूमिका भरपुर जिम्मेवार भएको भन्दै हार्दिक धन्यवाद दिदै बिजयको र्यालीमा सबै वडाका कार्यकर्तालाई  सहभागी हुन अनुरोध समेत गर्नुभयो ।