नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्माले वडा नम्बर १० मा सबैभन्दा पहिलो प्राथमिकता सडकलाई दिईने बताउनुभयो ।
सडक विकासको मेरुदण्ड भएको हुँदा पहिलो प्राथमिकता सडक निर्माणलाई दिएको उहाँले बताउनुभयो । साथै वडामा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी तथा पर्यटनलाई विशेष जोड दिन स्थानीय तह प्रदेश र केन्द्रबाट बजेट व्यवस्थापन गर्ने समेत उहाँको प्रतिबद्धता छ ।

नेकपा माओवादी केन्द्र रुकुम पश्चिम बाँफिकोट गाउँपालिकाको वडा स्तरिय जनसभालाई सम्बोधन गर्दै केन्द्रिय सदस्य शर्माले अघिल्लो सरकारले कडा चट्टानका वावजुत पनि १० नम्बर वडालाई सडक सञ्जालमा जोड्ने प्रयास गरेको र अव आउने सरकारले त्यसलाई पूर्णता दिने उहाँको भनाई छ । साथै १० नम्बरबासीले उत्पादन गरेका कृषि उपजलाई बजारको व्यवस्थापन र ढुवानीको व्यवस्था गर्न अबको सरकारले विशेष ध्यान दिने पनि उहाँको भनाई छ ।









