१४ वटै वडालाई लक्षित गर्दै १३ गते देखि सुरु भएको नेकपा माओवादी केन्द्रको चुनावी सभा आज चौथो दिन चौरजहारी नगरपालिकाको वडा नम्बर ४ मनकोटमा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुखका उम्मेदवार पुष्प वादिले ५ वर्षभित्र भएका कामलाई स्तोरनोति गर्ने र बाकी निर्माणधिन कामलाई सम्पन्न गरि समृद्द नगर बनाउने योजना रहेको बताउनु भयो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख बिशाल शर्माले आफुले ५ बर्षमा गरेका कामहरुको समिक्षा गर्दै अब आउने जनप्रतिनिधिहरुले पनि यसरिनै काम गर्ने बिश्वास दिलाउनु भयो । काङग्रेसको सरकार हुदा विगत कस्तो थियो, अहिले माओवादिको सरकार हुदा कस्तो छ? उहाले प्रश्न गर्नु भहो ५ वर्षको अवधिमा धेरै विकास भएको बताउदै नगर प्रमुख शर्माले चौरजहारी बासी बिकासका लागि भौतारिनु पर्ने अबस्था नरहेको बताउनु भयो । १ घर १ धारा माओवादिको कारण आएको बताउदै शर्माले १४ वटै वडामा सडक, घर घर मा बिजुली, स्वास्थ सस्था, शिक्षा लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको बताउनु भयो ।


कार्यक्रममा नेपाली काग्रेश परित्याग गरी १५ जना माओबादी केन्द्रमा प्रबेश गरेका छ्न प्रबेश गर्नेमा नेपाली काग्रेशबाट सदस्यमा उम्मेदवारी दिएका दिल बहादुर पुन, वडा नम्बर ४ का क्रियासिल सदस्य चन्द्र बहादुर राना, तिल्मा राना, राम कुमारी राना भबिता खड्का, सुमित्रा खड्का, सुशिला खड्का रहेका छ्न । यस्तै शुसिला बुढा, भद्र बहादुर राणा, मोहन शेर्पाली, रगबिर सार्की, तिलबिर खड्का, इन्द्रजित घर्ति, खिम बहादुर राणा, रमिता पुन,लगायत कार्यक्रमपनि माओवादीमा प्रबेश गरेका छ्न ।