रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीका तर्फबाट वडा अध्यक्ष र वडा सदस्यका ९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा माओवादी केन्द्रका वडाध्यक्ष र नगर प्रमुख तथा उप प्रमुखका उम्मेदवारलाई समर्थन गर्दै विभिन्न वडाका उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका हुन् ।