नेकपा माओवादी केन्द्र चौरजहारी रुकुम पश्चिमले आज प्रतिबद्धता सार्वजनिक गरेको छ । माओबादी केन्द्रको तर्फबाट नगर प्रमुखका उम्मेदवार पुष्प वादीले प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो ।
आत्मनिर्भर, एकताबद्ध र समृद्ध नगर निर्माण, चौरजहारी नगरबासीको पहिचान भन्ने मुल नाराका साथ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादीले प्रतिबद्धता सार्वजनिक गरेको हो । १७ बुँदामा विस्तृत योजना सहितको प्रतिबद्धता सार्वजनिक गरिएको हो ।
प्रतिबद्धता सार्वजनिक कार्यक्रममा उप्रमुखकी उम्मेदवार इश्वरीकुमारी शर्मा विएम, माओवादी केन्द्रका केन्द्रीय सदस्य गोपाल शर्मा, नेता ऋषिप्रसाद शर्मा, विरेन्द्र विएम, जिल्ला प्रचार प्रसार विभाग प्रमुख ध्रुविक्रम बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।
शिक्षा , स्वास्थ्य, कृषि र पशु सेवा, खाद्य तथा आवास, सडक तथा यातायात, उर्जा विकास, सञ्चार, खानेपानी र सरसफाई, रोजगारी, कला संस्कृति, पर्यटन विकास, सामाजिक न्याय, न्याय तथा कानूनी सेवाका समाजिक न्याय, वन तथा वातावरण, औद्योगिकरणको, सहिद, घाइते, बेपत्ता र पुर्वजनमुक्ति सेना, सुशासन १७ शीर्षकमा विस्तृत कार्यक्रम बनाएर अगाडी बढ्ने प्रतिबद्धता सार्वजनिक बादीले गर्नु भएको थियो ।









